ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



मधेसी दलका नेतालाई देउवाको फोन– मलाई साथ दिनुस्, प्रचण्डले विश्वासको मत पाउँदैनन्


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी दलका नेताहरूलाई फोन गरेर आफूलाई साथ दिन आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएपछि कांग्रेस सभापति देउवाले तत्कालीन साझेदार दलको साथ खोजेका हुन् ।

देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारीलाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव राखेका थिए । ‘हामीले सबै कुरा दिँदा पनि प्रचण्डले धोका दिए,’ देउवाको भनाइ उदृढ गर्दै लोसपाका नेता सुरेन्द्र झाले भने, ‘तपाईँले मलाई साथ दिनुस् । प्रचण्डले विश्वासको मत पाउँदैनन् ।’

मंगलबार भण्डारीबाट पनि देउवाबाट सोही कुरा बिफ्रिङ भएको झाले बताए । उनका अनुसार देउवाले आज ठाकुरसँग भेटवार्ता गर्ने छन् । देउवाले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि कुराकानी गरेका थिए । देउवाले राउतलाई पनि सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

मधेसी दलका नेताहरुसँग नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि कुराकानी गरिरहेका छन् । यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि देउवाले भेटवार्ता गरेका थिए ।

बुधबार बिहान देउवा पत्नी आरजु राणा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लिएर नेपालको निवास कोटेश्वर पुगेका थिए । देउवाले प्रचण्डबाट धोका भएको भन्दै सहकार्यका लागि प्रस्ताव गरेको लेखकको भनाइ थियो । यस्तै देउवाले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग पनि देउवाले टेलिफोन संवाद गरेका थिए । 

देउवाले जनमत, लोसपा र नाउपाका नेताहरूलाई आज अपराह्न चार बजे आफ्नो निवास बुढानीलकण्ठ बोलाएका छन् ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.